काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बिहीबार दिउँसो २ बजे बस्ने भएको छ ।
देउवा समूहले समानान्तर महाधिवेशनको तयारी गरिरहेका बेला समितिले बैठक बोलाएको हो ।
देउवा समूहले मंसिर २१–२३ मा १५औं महाधिवेशन गर्ने प्रस्ताव अघि सारेको छ ।
विशेष महाधिवेशनबाट चुनिएको नेतृत्वले असोज १६–१९ मा महाधिवेशन गर्ने कार्यतालिका पहिल्यै सार्वजनिक गरिसकेको छ ।
आजको बैठकले कांग्रेस शेरबहादुर देउवा समूहमाथि कारबाही गर्न सक्ने आकलन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्






















