images
images
  • नेपालमा ग्यास र पेट्रोलियमजस्तै नुनको पनि अभाव हुँदैछ ? के भन्छ साल्ट ट्रेडिङ ?

    काठमाडौं– साल्ट ट्रेडिङ कर्पोरेसनले मुलुकमा तत्काल नुनको अभाव नहुने स्पष्ट पारेको छ ।

    कर्पोरेसनका अनुसार हाल करिब सात महिनासम्म पुग्ने नुन मौज्दातमा रहेकाले बाढीका कारण आपूर्ति प्रभावित भए पनि बजारमा नुनको अभाव हुन नदिइने स्पष्ट गरेको हो ।

    रसुवाको भोटेकोशीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा सडक तथा पुल क्षतिग्रस्त भई दैनिक उपभोग्य वस्तुको ढुवानी प्रभावित भइरहेका बेला कर्पोरेसनले नुनको आपूर्ति व्यवस्थापनका लागि आवश्यक तयारी गरिएको बताएको छ ।

    कर्पोरेसनका प्रवक्ता कुमार राजभण्डारीका अनुसार नेपालमा खपत हुने नुन भारतबाट आयात हुने भएकाले मूल आपूर्ति प्रणालीमा तत्काल कुनै समस्या छैन । नियमित आयातसँगै कर्पोरेसनमा रहेको मौज्दातका कारण देशभर आपूर्ति निरन्तर राख्न सकिने उनले बताए ।

    बाढी प्रभावित क्षेत्रमा कतै नुनको अभाव देखिएमा सरकारले तोकेको वैकल्पिक मार्ग प्रयोग गरी आपूर्ति गरिने कर्पोरेसनको तयारी छ । प्रभावित क्षेत्रको अवस्था स्थानीय प्रशासन तथा सम्बन्धित निकायबाट जानकारी लिएर आवश्यकताअनुसार नुन पठाउने व्यवस्था गरिनेछ ।

    हालसम्म धादिङको एउटा स्थानबाट मात्र नुन आवश्यक रहेको जानकारी आएको र अन्य प्रभावित क्षेत्रबाट व्यापक अभाव भएको औपचारिक सूचना नआएको कर्पोरेसनले जनाएको छ ।

    कर्पोरेसनले मौज्दात, नियमित आयात र वैकल्पिक ढुवानी मार्गको व्यवस्थामार्फत बाढी प्रभावित क्षेत्रसहित देशभर नुनको आपूर्ति सहज राख्ने जनाएको छ ।

    भोटेकोशी बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या १२ सय नाघ्यो, चार हजार बढी अझै वेपत्ता

    प्रतिक्रिया दिनुहोस्
    images
    images