images
images
  • भोटेकोशी बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या १२ सय नाघ्यो, चार हजार बढी अझै वेपत्ता

    काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या एक हजार २०४ जना पुगेको छ ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार अहिलेसम्म एक हजार २०४ जनाको शव फेला परेको हो ।

    जसमा रसुवामा ११५, नुवाकोटमा १५५, धादिङमा ६०, चितवनमा ३४८, गोरखामा ६९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१७ र नवलपरासी पश्चिममा २०२ जनाको शव फेला परेको छ ।

    अहिलेसम्म ९५ शव सनाखत भएर आफन्तले बुझेको प्राधिकरणले जानकारी दिएको छ ।

    प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार बाढी तथा विपद्का कारण ४ हजार २१६ जना सम्पर्कविहीन भएका छन् ।

    प्राधिकरणले हालसम्म ११ हजार ९९३ जनाको उद्धार गरेको छ भने बाढीबाट हालसम्म ३०१ घाइते भेएकोमा १९५ जना अस्पतालबाट डिस्चार्ज भैसकेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images