काठमाडौं । नेकपा एमालेमा आन्तरिक एकताको प्रयास निष्कर्षमा पुग्न नसक्दा दुुबै पक्ष आ–आफ्नो ढंगले अघि बढ्ने संकेत देखिएको छ । एकता कार्यदलले तयार पारेको १० वुँदे सहमतिकै आधारमा पुर्नमिलन हुनुपर्ने संस्थापन पक्षको अडान छ ।
तर वरिष्ठ नेता माधव नेपाल भने १० बुँदे अनुुसार चल्ल्न तयार छैनन् । आफुलाई दोस्रो अध्यक्ष नचाहिने तर पार्टी अध्यक्ष केपी ओलीकै जति अधिकार चाहिने माधव नेपालको पछिल्लो शर्त छ । यसमा अध्यक्ष ओलीको कुनै प्रतिक्रिया आएको छैन ।
निर्वाचन आयोग लगायतका महत्वपूर्ण निकायमा आफ्नो पनि हस्ताक्षर चल्नुपर्ने नेपालको बटमलाईन रहेको बुझिएको छ । नेपाल पक्षलाई धेरै कुर्न नसकिने बुझाई अनुरुप संस्थापन पक्षले लगातार बैठक राखिरहेको छ ।
यहीक्रममा आज पनि एमाले स्थायी कमिटिको बैठक बस्दैछ । दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा पार्टीभित्रको विवाद, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल हुनेछ । असन्तुष्ट खनाल–नेपाल पक्षका स्थायी कमिटी सदस्यहरु भने बैठकमा उपस्थित भएका छैनन् ।
प्रतिक्रिया दिनुहोस्