images
images
  • देशका विभिन्न स्थानबाट लागुऔषधसहित १६ जना पक्राउ

    काठमाडौं– नियमित गस्तीमा खटिएको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १६ जनालाई पक्राउ गरेको छ ।

    केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौं, मोरङ, झापा, धनुषा, पर्सा, कञ्चनपुर, नवलपरासी पश्चिम र बाँकेबाट उनीहरूलाई विभिन्न प्रकारका लागुऔषधसहित पक्राउ गरिएको हो ।

    काठमाडौं महानगरपालिका–६ कपन तेन्जिङचोकबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब एक ग्रामसहित ३७ वर्षीय विनयकुमार मण्डल, ३८ वर्षीय मनिष शाही र ३८ वर्षीय प्रदीपकुमार राई पक्राउ परेका छन् ।

    मोरङको कानेपोखरी गाउँपालिका–७ बाट तीन ग्राम २० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित ३१ वर्षीय विवेक राई तथा झापाको बिर्तामोड नगरपालिका–८ सुनौलो बस्तीबाट १३० मिलिग्राम सोही प्रकृतिको पदार्थसहित ३० वर्षीय विवेक लिम्बू पक्राउ परेका छन् ।

    झापा गाउँपालिका–४ चर्तागाछीबाट पाँच ग्राम २१० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित १७ वर्षीय किशोर पक्राउ परेका छन्। बिर्तामोड नगरपालिका–३ पुरानो भद्रपुर रोडबाट एक ग्राम ३८० मिलिग्रामसहित २३ वर्षीय अर्जुन राजवंशी तथा झापा गाउँपालिका–४ टाघनडुब्बा स्कुलटोलबाट एक ग्राम आठ मिलिग्रामसहित २८ वर्षीय प्रभाष बास्के र २६ वर्षीय फिलिप मर्डी पक्राउ परेका छन् ।

    धनुषाको शहीदनगर नगरपालिका–३ बाट खैरो हेरोइन जस्तो देखिने पदार्थ २२ ग्राम ५८० मिलिग्रामसहित १९ वर्षीय राजन यादव र २६ वर्षीय बब्लु पासवान भन्ने रामबालक पासवान पक्राउ परेका छन् ।

    पर्साको पोखरिया नगरपालिका–५ सतबरियाबाट गाँजा जस्तो देखिने पदार्थ करिब ५०० ग्रामसहित ६५ वर्षीय रामदयाल महरा तथा कञ्चनपुरको भीमदत्त नगरपालिका–४ बाट खैरो हेरोइन जस्तो देखिने पदार्थ एक ग्राम ८४० मिलिग्रामसहित २४ वर्षीय जनक खड्का पक्राउ परेका छन् ।

    नवलपरासी पश्चिमको पाल्हीनन्दन गाउँपालिका–५ चमनटोलाबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने स्पास्मो १०० ट्याब्लेट, डाइजेपाम २१ एम्पुल, फेनारगन २२ एम्पुल र बुप्रेनोर्फिन २२ एम्पुलसहित २८ वर्षीय सुनिल विक र ३१ वर्षीय दिपेश विक पक्राउ परेका छन् ।

    त्यस्तै, बाँकेको डुडुवा गाउँपालिका–२ बाट ९०० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित २४ वर्षीय ओसिस खाँ पक्राउ परेका छन् ।

    प्रहरीका अनुसार पक्राउ परेकामाथि आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images