images
images
  • नेप्से परिसूचक सामान्य अंकले घट्यो

    काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अंकले घटेको छ ।

    नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक छ दशमलव ३८ अंकले घटेर दुई हजार ५७२ दशमलव ३४ मा पुगेको छ ।

    ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ६३ अंकले घटेर ४६१ दशमलव २२ मा पुगेको छ ।

    त्यस्तै फ्लोट सूचक शून्य दशमलव २६ अंकले घटेर १७७ दशमलव ४५ मा पुगेको छ ।

    त्यस्तै सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव १९ अंकले घटेर १५५ दशमलव ६५ मा पुगेको छ ।

    आज विभिन्न कम्पनीका एक करोड तीन लाख ६८८ कित्ता सेयर रु तीन अर्ब ७४ करोड ८० लाख ८० हजार ३०३ मूल्यमा खरिद बिक्री भएको छ ।

    आज १३ उपसमूहमध्ये एक उपसमूह बढ्यो भने १२ उपसमूह घटेको छ ।

    आज १०० कम्पनीको शेयर बढ्यो भने १६७ कम्पनीको शेयर घट्यो ।

    त्यसैगरी १२ कम्पनीको शेयर स्थिर रह्यो ।

    नेप्सेका अनुसार आज घलेम्दी हाइड्रोपावर, एनआईसी एसिया ब्यालेन्स फण्ड, इङवा हाइड्रोपावरलगायतका लगानीकर्ताले कमाएका छन् ।

    त्यसैगरी ग्लोबल आईएमई समुन्नत योजना, एसबिएल डिबेञ्चर र मेगा म्युचुअल फण्डलगायतका लगानीकर्ताले गुमाएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images