images
images
  • आजको विदेशी मुद्रा विनिमयदर : डलरको खरिददर १५२ रुपैयाँ ८२ पैसा

    काठमडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८२ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४२ पैसा कायम भएको छ ।

    युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १८९ रुपैयाँ ५३ पैसा तथा युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०८ रुपैयाँ ७३ पैसा र बिक्रीदर २०९ रुपैयाँ ५५ पैसा तोकिएको छ । स्वीस फ्र्याङ्क एकको खरिददर १९१ रुपैयाँ २३ पैसा र बिक्रीदर १९१ रुपैयाँ ९८ पैसा रहेको छ ।

    त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ४६ पैसा र बिक्रीदर १०९ रुपैयाँ ८९ पैसा, क्यानेडियन डलरको क्रमशः १११ रुपैयाँ १७ पैसा र १११ रुपैयाँ ६१ पैसा तथा सिङ्गापुर डलरको १२० रुपैयाँ ४५ पैसा र १२० रुपैयाँ ९२ पैसा कायम गरिएको छ ।

    जापानी येन १० को खरिददर ९ रुपैयाँ ६४ पैसा र बिक्रीदर ९ रुपैयाँ ६७ पैसा तथा चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ७४ पैसा र बिक्रीदर २२ रुपैयाँ ८३ पैसा निर्धारण गरिएको छ ।

    साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ७० पैसा र बिक्रीदर ४० रुपैयाँ ८६ पैसा, कतारी रियालको ४१ रुपैयाँ ९३ पैसा र ४२ रुपैयाँ ९ पैसा तथा युएई दिरामको ४१ रुपैयाँ ६१ पैसा र ४१ रुपैयाँ ७७ पैसा तोकिएको छ ।

    मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९९ पैसा, थाइ भाटको ४ रुपैयाँ ६८ पैसा र ४ रुपैयाँ ६९ पैसा तथा दक्षिण कोरियन वन १०० को खरिददर ११ रुपैयाँ ४ पैसा र बिक्रीदर ११ रुपैयाँ ८ पैसा रहेको छ ।

    हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४९ पैसा र बिक्रीदर १९ रुपैयाँ ५७ पैसा, कुवेती दिनारको ४९८ रुपैयाँ १९ पैसा र ५०० रुपैयाँ १५ पैसा, बहराइन दिनारको ४०५ रुपैयाँ ३४ पैसा र ४०६ रुपैयाँ ९३ पैसा तथा ओमनी रियालको ३९६ रुपैयाँ ९५ पैसा र ३९८ रुपैयाँ ५१ पैसा कायम गरिएको छ ।

    भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ ।

    राष्ट्र बैंकले आवश्यकतानुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमयदर भने फरक हुन सक्ने र अद्यावधिक दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images