images
images
  • कालीमाटी बजारमा आजको तरकारी र फलफूलको थोक मूल्य

    काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।

    समितिका अनुसार आज ठूलो गोलभेँडा प्रतिकिलो ९० रुपैयाँ, ठूलो भारतीय गोलभेँडा १०० रुपैयाँ, सानो लोकल गोलभेँडा ५० रुपैयाँ र सानो टनेल गोलभेँडा ७३ रुपैयाँमा कारोबार हुनेछ ।

    आलु रातो लाम्चो प्रतिकिलो ५१ रुपैयाँ, गोलो ५३ रुपैयाँ, मुढे ५३ रुपैयाँ, भारतीय ४० रुपैयाँ तथा सेतो आलु ३८ रुपैयाँ तोकिएको छ। भारतीय सुकेको प्याजको मूल्य प्रतिकिलो ८० रुपैयाँ कायम गरिएको छ ।

    तरकारीतर्फ लोकल गाजर प्रतिकिलो १२० रुपैयाँ, तराई गाजर ८० रुपैयाँ, लोकल बन्दा ५० रुपैयाँ, स्थानीय काउली ११० रुपैयाँ, रातो मूला ३० रुपैयाँ, लाम्चो भन्टा ४० रुपैयाँ र डल्लो भन्टा ६० रुपैयाँ निर्धारण गरिएको छ ।

    बोडी तने प्रतिकिलो ९० रुपैयाँ, मकै बोडी १२० रुपैयाँ, घिउ सिमी १०० रुपैयाँ, टाटे सिमी ८० रुपैयाँ, भटमासको कोसा १३० रुपैयाँ, तीते करेला ५० रुपैयाँ, लौका ६० रुपैयाँ, चिचिण्डो र घिरौँला ३०–३० रुपैयाँ तथा भिन्डी ५० रुपैयाँ तोकिएको छ ।

    सागसब्जीतर्फ रायोसाग प्रतिकिलो १५० रुपैयाँ, पालुङ्गो २५० रुपैयाँ, तोरीको साग १०० रुपैयाँ, हरियो प्याज १५० रुपैयाँ र हरियो धनियाँ ५०० रुपैयाँ तोकिएको छ। कन्य च्याउ ३०० रुपैयाँ, डल्ले च्याउ ५०० रुपैयाँ, राजा च्याउ ३३० रुपैयाँ र सिताके च्याउ १ हजार रुपैयाँ प्रतिकिलो कायम गरिएको छ ।

    फलफूलतर्फ फुजी स्याउ प्रतिकिलो ३५० रुपैयाँ, नेपाली केरा दर्जन ३०० रुपैयाँ, मालभोग केरा २०० रुपैयाँ, कागती ३०० रुपैयाँ, अनार ३०० रुपैयाँ, मालदह आँप २८० रुपैयाँ, चोसा आँप २५० रुपैयाँ र हरियो तरबुजा ६० रुपैयाँ तोकिएको छ ।

    त्यस्तै, लोकल काँक्रो प्रतिकिलो ५० रुपैयाँ, हाइब्रिड काँक्रो २० रुपैयाँ, रुखकटहर ६० रुपैयाँ, लोकल नास्पाती ९० रुपैयाँ, चिनियाँ नास्पाती २५० रुपैयाँ, नेपाली मेवा ८० रुपैयाँ, भारतीय मेवा १०० रुपैयाँ, किबी ४०० रुपैयाँ र एभोकाडो २५० रुपैयाँ कायम गरिएको छ ।

    मसला तथा अन्य कृषिउपजमा अदुवा प्रतिकिलो २३० रुपैयाँ, सुकेको खुर्सानी ५५० रुपैयाँ, लाम्चो र बुलेट हरियो खुर्सानी ७०–७० रुपैयाँ, अकबरे खुर्सानी ३०० रुपैयाँ, चिनियाँ सुकेको लसुन २३० रुपैयाँ र नेपाली सुकेको लसुन २०० रुपैयाँ तोकिएको छ ।

    माछातर्फ सुकेको माछा प्रतिकिलो १ हजार रुपैयाँ, ताजा रहु माछा ३७० रुपैयाँ, बचुवा ३४० रुपैयाँ र छडी माछा ३५० रुपैयाँ अधिकतम थोक मूल्य निर्धारण गरिएको समितिले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images