images
images
  • सरकारसँग १४ बुँदे सहमतिपछि घर फर्किए लघुवित्त ऋणी

    काठमाडौं– ललितपुरको पुल्चोकस्थित मानव अधिकार आयोगको कार्यालयबाहिर धर्नामा बसेका लघुवित्त ऋणीहरू सरकारसँग १४ बुँदे सहमति भएपछि आज घर फर्किएका छन् ।

    नेपाल सरकार र ऋणीहरूका प्रतिनिधिबीच शनिबार भदौ ६ गते भएको वार्तामा १४ बुँदे सहमति भएपछि धर्ना कार्यक्रम स्थगित गरिएको हो ।

    सहमति कार्यान्वयनको प्रक्रियासँगै सरकारले आज बिहान साझा यातायातका बसको व्यवस्था गरी धर्नामा सहभागी ऋणीहरूलाई आ–आफ्नो गन्तव्यतर्फ पठाएको थियो ।

    विभिन्न सरकारी निकायका अधिकारीहरूको उपस्थितिमा ३२३ जना ऋणीलाई आठ वटा बसमार्फत बिदाइ गरिएको थियो । उनीहरूलाई झापा, मोरङ, सर्लाही, महोत्तरी, सिन्धुली, बारा, पर्सा र नवलपरासीलगायत जिल्लातर्फ पठाइएको हो ।

    सरकारसँग भएको सहमतिपछि लामो समयदेखि पुल्चोकमा जारी लघुवित्त ऋणीहरूको धर्ना तत्कालका लागि स्थगित भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images