images
images
  • सुनको मूल्य तोलामा २ हजार ८ सय रुपैयाँ बढ्यो

    काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँले बढेको हो ।

    महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाल सुन प्रतितोला ३ लाख १६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै, आज सुनको मूल्य प्रतिदश ग्राम २ लाख ७३ हजार ९ सय १५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

    चाँदीको मूल्य भने आज घटेको छ । महासंघका अनुसार चाँदी प्रतितोला ४ हजार ९ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

    यसअनुसार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images