काठमाडौं– नेपाल बैंक लिमिटेडले आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाडा अटो शो २०२६ लाई लक्षित गर्दै विशेष अटो लोन योजना सार्वजनिक गरेको छ ।
बैंकका अनुसार उक्त योजनाअन्तर्गत नाडा अटो शोमा नेपाल बैंकबाट कर्जा लिएर जुनसुकै ब्रान्डका नयाँ निजी तथा व्यावसायिक सवारीसाधन खरिद गर्ने ग्राहकले बैंकको आधार दरमा ०।४९ प्रतिशत प्रिमियम थप गरी कायम हुने ब्याजदरमा कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् ।
यस्तै, कर्जा प्रशासनिक शुल्कबापत ०.५ प्रतिशत मात्र सेवा शुल्क लाग्ने बैंकले जनाएको छ । कर्जा उपभोग गर्ने ग्राहकले कुनै शुल्क नतिरी अधिकतम ३ लाख रुपैयाँसम्मको लाइफटाइम क्रेडिट कार्ड सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।
नेपाल बैंकले विद्युत् तथा अन्य दुवै प्रकारका नयाँ सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई सहज, सरल र प्रतिस्पर्धी वित्तीय सुविधा उपलब्ध गराउने उद्देश्यले योजना ल्याएको जनाएको छ ।
बैंकले नाडा अटो शोमा सहभागी ग्राहक तथा आम सर्वसाधारणलाई नजिकको नेपाल बैंक शाखामा सम्पर्क गरी नयाँ वित्तीय सेवा तथा सवारी कर्जासम्बन्धी जानकारी लिन आग्रह गरेको छ ।


विश्व खबर 




















