काठमाडौं– सरकारले विद्युत् खरिद सम्झौता (पीपीए) खोल्ने प्रक्रिया अघि बढाएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठको अध्यक्षतामा बसेको नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले पीपीएका लागि आवश्यक मापदण्ड तयार गर्न पाँच सदस्यीय उपसमिति गठन गरेको हो ।
प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीको संयोजकत्वमा गठित उपसमितिले सात दिनभित्र मापदण्ड तयार गरी सञ्चालक समितिमा पेस गर्नेछ ।
उपसमितिमा विद्युत् विकास विभागका उपमहानिर्देशक, ऊर्जा मन्त्रालयका तर्फबाट सिडिइ शालिग्राम भण्डारी, विज्ञ रिवाज शर्मा र व्यापार शाखाका निर्देशक सदस्य सचिव रहनेछन् ।
आर्थिक ऐन, २०८३ मा भएको व्यवस्थाअनुसार उत्पादन अनुमति प्राप्त ऊर्जा उत्पादकसँग पीपीए गर्न विद्यमान आधार तथा मन्त्रालयबाट गठित समितिको सिफारिस अध्ययन गरी नयाँ मापदण्ड तयार गर्न लागिएको हो ।


विश्व खबर 




















