काठमाडौं– भायानेट कम्युनिकेसन पब्जी मोबाइल राष्ट्रिय च्याम्पियनसिप नेपाल २०२६ को आधिकारिक इन्टरनेट साझेदार बनेको छ ।
नेपालमा बढ्दो ई–स्पोर्ट्स तथा गेमिङ समुदायसँगको सम्बन्ध विस्तार गर्ने उद्देश्यले भायानेटले प्रतियोगितासँग साझेदारी गरेको हो ।
पिएमएनसी नेपाल २०२६ को राष्ट्रिय फाइनल भदौ ६ र ७ गते काठमाडौंको दशरथ रंगशाला कभर्ड हलमा हुँदैछ । प्रतियोगितामा नेपालका उत्कृष्ट पब्जी मोबाइल टोलीले राष्ट्रिय उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताका क्रममा भायानेटले खेलाडीलाई आवश्यक उच्च गुणस्तरको इन्टरनेट सेवा उपलब्ध गराउनेछ। कम्पनीले वाइफाइ ६ प्रविधिले कम विलम्बता र उच्च कार्यक्षमतासहित गेमिङ अनुभव सहज बनाउने जनाएको छ ।
नेपालमा ई–स्पोर्ट्स मनोरञ्जनसँगै प्रतिस्पर्धा, समुदाय निर्माण र युवाका लागि करियरको सम्भावनाका रूपमा विकास हुँदै गएको भन्दै भायानेटले यस क्षेत्रमा आफ्नो सहभागिता बढाउँदै लगेको जनाएको छ ।


विश्व खबर 




















