images
images
  • ईपीएल २०२६–२७ को टाइटल प्रायोजक बन्यो एक्स्ट्रिम इनर्जी ड्रिंक्स

    काठमाडौं– कान्तिपुर म्याक्सबाट प्रत्यक्ष प्रसारण हुने इंग्लिस प्रिमियर लिग २०२६–२७ को टाइटल प्रायोजक एक्स्ट्रिम इनर्जी ड्रिंक्स बनेको छ ।

    शुक्रबार भएको कार्यक्रममा कान्तिपुर मिडिया ग्रुपका मार्केटिङ नायब महाप्रबन्धक सागर केसी र एक्स्ट्रिम इनर्जी ड्रिंक्सका बिजनेस हेड सोनिया रानाले सम्झौतामा हस्ताक्षर गरे ।

    ईपीएल लगातार दोस्रो सिजन कान्तिपुर म्याक्सबाट प्रत्यक्ष प्रसारण हुँदैछ । नेपालमा विशेषगरी युवा पुस्तामाझ लोकप्रिय रहेको ईपीएलका विभिन्न क्लबका समर्थक समूहसमेत सक्रिय छन् ।

    विश्वकै सर्वाधिक लोकप्रिय फुटबल प्रतियोगितामध्ये एक मानिने ईपीएलमा प्रत्येक खेलमा औसत ४० हजारभन्दा बढी दर्शक रंगशालामा उपस्थित हुने गरेका छन् ।

    ईपीएल २०२६–२७ शुक्रबार रातिदेखि सुरु हुँदैछ । पहिलो खेलमा साविक विजेता आर्सनलले यसै सिजन बढुवा भएको कोभेन्ट्री सिटीसँग प्रतिस्पर्धा गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images