images
images
  • राष्ट्र बैंकले ६ महिनाका लागि ८५ अर्ब तरलता तान्दै

    काठमाडौं– बैंकिङ प्रणालीमा लगानीयोग्य रकम थुप्रिएपछि नेपाल राष्ट्र बैंकले एकैपटक ८५ अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ ।

    केन्द्रीय बैंकले आज निक्षेप संकलन बोलकबोलमार्फत ६ महिनाका लागि उक्त रकम तान्न लागेको हो । इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म अनलाइन आवेदन दिन सक्नेछन् ।

    राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थासँग पर्याप्त लगानीयोग्य रकम रहे पनि कर्जाको माग कमजोर हुँदा अतिरिक्त तरलता व्यवस्थापन चुनौती बनेको छ ।

    साउन ३१ सम्म बैंक तथा वित्तीय संस्थाले ८२ खर्ब ८० अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् भने ५९ खर्ब ४७ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । यस अवधिमा कर्जा–निक्षेप अनुपात ७१.२३ प्रतिशत कायम छ ।

    बैंकिङ प्रणालीमा १३ खर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य रकम रहे पनि कर्जाको माग बढ्न नसक्दा राष्ट्र बैंकले पटक–पटक तरलता प्रशोचन गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images