images
images
  • नेप्से १० अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो

    काठमाडौं– साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक १०.६७ अंकले घटेर २ हजार ६१८.७२ विन्दुमा झरेको छ ।

    बजारसँगै कारोबार रकम पनि घटेको छ । बिहीबार ४ अर्ब ४० करोड रुपैयाँको कारोबार भएकोमा शुक्रबार ४ अर्ब १६ करोड रुपैयाँमा सीमित भएको छ ।

    यस दिन ३४४ कम्पनीका १ करोड २२ हजार ७६५ कित्ता सेयर किनबेच भएका छन् । ७० कम्पनीको सेयर मूल्य बढ्दा १९८ कम्पनीको घटेको छ भने १० कम्पनीको मूल्य स्थिर रह्यो ।

    सर्वोत्तम पेन्ट्सको सेयर मूल्य सर्वाधिक १४.९९ प्रतिशत बढेको छ। यस्तै, पञ्चकन्या माइ हाइड्रोपावरको मूल्य १३.८६ प्रतिशत बढेको छ ।

    धौलागिरि लघुवित्तको सेयर मूल्य सर्वाधिक ५.२६ प्रतिशत घटेको छ भने लक्ष्मी भ्यालु फण्ड–२ को मूल्य ५.२२ प्रतिशत घटेको छ ।

    कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स अगाडि रह्यो। कम्पनीको २६ करोड ३७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोलु हाइड्रोपावरको २४ करोड ५३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

    १३ समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड समूहबाहेक सबै समूह घटेका छन् । अन्य समूहको परिसूचक सर्वाधिक १.०६ प्रतिशत घटेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images