images
images
  • रासायनिक मलको समस्या समाधान गर्न १२ सदस्यीय कार्यदल गठन

    काठमाडौं– सरकारले रासायनिक मलको आपूर्तिमा देखिँदै आएको समस्या समाधानका लागि १२ सदस्यीय अध्ययन कार्यदल गठन गरेको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिवको संयोजकत्वमा गठन गरिएको कार्यदलमा कृषि, वन तथा पर्यावरण मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालयलगायत विभिन्न निकायका प्रतिनिधि सदस्य छन् ।

    कार्यदलले रासायनिक मलको तत्कालीन तथा दीर्घकालीन समस्या अध्ययन गरी समाधानका विकल्पसहितको प्रतिवेदन ६० दिनभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाउनुपर्नेछ ।

    प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालले किसानले हरेक वर्ष खेतीको समयमा भोग्दै आएको मल अभावको दीर्घकालीन समाधान खोज्न कार्यदल गठन गरिएको जानकारी दिए ।

    सरकारको यो पहलले वर्षौँदेखि दोहोरिँदै आएको मल अभाव, आपूर्ति व्यवस्थापन र वितरण प्रणालीको समस्या समाधानका लागि ठोस योजना बन्ने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images