काठमाडौं– सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी) ले पहिलोपटक नेपाली घिउ विदेशी बजारमा निर्यात सुरु गरेको छ।
डिडिसीले शुक्रबार साँझको उडानमार्फत ६ सय किलो घिउ दुबई पठाउँदैछ । यो डिडिसीको घिउको पहिलो अन्तर्राष्ट्रिय निर्यात हो ।
डिडिसी र रातो तथा चन्द्र–सूर्य इन्टरनेसनलबीच वर्षमा न्यूनतम ५० हजार किलो घिउ निर्यात गर्ने सम्झौता भएको छ । सम्झौताअनुसार सुरुवातमा दुबईबाट निर्यात थालिएको हो ।
पहिलो चरणमा पठाइएको घिउ दुबईमा बिक्री गरिनेछ। त्यहाँको बजार प्रतिक्रिया र मागका आधारमा आगामी दिनमा निर्यातको परिमाण बढाइने डिडिसीले जनाएको छ।
डिडिसीले दुबईलाई आधार बनाएर पश्चिम एसियाली बजारमा नेपाली घिउको निर्यात विस्तार गर्ने योजना बनाएको छ। हालका लागि भने घिउ मात्रै निर्यात गरिनेछ ।
नेपालमै उत्पादित घिउ पहिलोपटक विदेशी बजारमा पुगेसँगै डिडिसीका लागि नयाँ बजार विस्तारको बाटो खुलेको छ ।


विश्व खबर 




















