काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले अहिले नोटबन्दी गर्नेबारे कुनै योजना नरहेको स्पष्ट पार्नुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले वनस्थलीमा आयोजना गरेको ‘नागरिक, नीति र नेतृत्व’ संवाद कार्यक्रममा सहभागीले नोटबन्दी किन नगर्ने भन्ने प्रश्न गरेपछि अर्थमन्त्री वाग्लेले यस्तो जवाफ दिनुभएको हो ।
उहाँले नोटबन्दीसम्बन्धी प्रश्न रोचक भए पनि अहिले नेपालका लागि यो उपयुक्त विकल्प नदेखिएको बताउनुभयो। “नोटबन्दीबारे हामीले सोचेका छैनौँ,” उहाँले भन्नुभयो ।
अर्थमन्त्री वाग्लेले अन्य मुलुकले समेत नोटबन्दीको अभ्यास गरे पनि त्यसबाट अपेक्षित सफलता प्राप्त नभएको बताउनुभयो । अहिले सरकारले नोटबन्दीलाई प्राथमिकतामा नराखेको उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















