images
images
  • नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा फेरि पर्वत कुमार कार्की

    काठमडौं– नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्की पुनः नियुक्त भएका छन् । नेपाल सरकारको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई नागरिक लगानी कोष ऐन, २०४७ को दफा ४२ को उपदफा १ बमोजिम कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

    उदयपुरका स्थायी बासिन्दा कार्की नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट निवृत्त भएका हुन् । यसअघि पनि नागरिक लगानी कोषको कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालिसकेका कार्की २०८० माघ ३ गते खुला प्रतिस्पर्धाबाट उक्त पदमा छनोट भएका थिए ।

    कार्कीसँग वित्तीय क्षेत्रको नेतृत्वमा लामो अनुभव छ। उनले नेपाल राष्ट्र बैंकका अतिरिक्त नेपाल ग्रामीण विकास बैंक र किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतका रूपमा समेत काम गरिसकेका छन् ।

    बैंकिङ तथा वित्तीय क्षेत्रमा लामो अनुभव हासिल गरेका कार्कीलाई कोषको कार्यकारी नेतृत्वमा पुनः जिम्मेवारी दिइनुलाई उनको अनुभव र व्यवस्थापकीय क्षमतामाथिको विश्वासका रूपमा हेरिएको छ ।

    कार्कीले अस्ट्रेलियाको ग्रिफिथ विश्वविद्यालयबाट बैंकिङ तथा वित्तमा स्नातकोत्तर गरेका छन्। उनले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा समेत स्नातकोत्तर गरेका छन् ।

    नागरिक लगानी कोषको लगानी व्यवस्थापन, बचत परिचालन तथा वित्तीय गतिविधिलाई थप प्रभावकारी बनाउने जिम्मेवारी अब कार्कीको काँधमा आएको छ  ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images