images
images
  • १३ म्युचुअल फन्डले लाभांश घोषणा गरे, दर भने घट्यो

    काठमडौं– गत आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण सम्पन्न भएसँगै म्युचुअल फन्डहरूले लगानीकर्तालाई लाभांश घोषणा गर्न थालेका छन्। हालसम्म १३ वटा योजनाले नगद लाभांश घोषणा गरिसकेका छन्।

    सेयर बजारमा आएको सुस्तताका कारण यस वर्ष म्युचुअल फन्डको लाभांश दर भने विगतको तुलनामा घटेको छ। केही योजना लाभांश वितरण गर्न नसक्ने अवस्थामा पुगेका छन्। सिद्धार्थ इक्विटी फन्ड र सिद्धार्थ इक्विटी फन्ड २ ले यस वर्ष लाभांश नदिने भएका छन्।

    हाल लाभांश घोषणा गर्नेमा सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम २ र ३, एनएमबी ५०, एनएमबी सुलभ इन्भेस्टमेन्ट फन्ड २, एनएमबी हाइब्रिड फन्ड एल २, एनएमबी सरल बचत फन्ड ई, रिलायबल समृद्धि योजना, कुमारी इक्विटी फन्ड, कुमारी धनवृद्धि योजना, कुमारी सबल योजना, कुमारी सुनौलो लगानी योजना, एमबीएल इक्विटी फन्ड र सिद्धार्थ व्यवस्थित लगानी योजना छन्।

    म्युचुअल फन्डले संकलित रकमको ठूलो हिस्सा धितोपत्र बजारमा लगानी गरी प्राप्त नाफाबाट लगानीकर्तालाई लाभांश वितरण गर्छन्। बजार बढ्दा लाभांश बढ्ने र बजार सुस्ताउँदा घट्ने भएकाले यस वर्ष अधिकांश योजनाको प्रतिफलमा दबाब परेको हो।

    खुलामुखी योजनाका लगानीकर्ताले लाभांशबाट पुनः इकाइ खरिद गर्न सक्नेछन् भने बन्दमुखी योजनाको लाभांश बुक क्लोजपछि बैंक खातामा प्राप्त हुनेछ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images