images
images
  • इसेवालाई विश्वस्तरीय डाटा सुरक्षा मान्यता, भुक्तानी कारोबार थप सुरक्षित हुने

    काठमाडौं– नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले विश्वस्तरीय ‘पेमेन्ट कार्ड इन्डस्ट्री डाटा सुरक्षा मापदण्ड’ (पीसीआई डिएसए ) संस्करण ४.०.१ को मान्यता प्राप्त गरेको छ।

    कार्ड तथा भुक्तानीसम्बन्धी डाटा सुरक्षाका लागि विश्वव्यापी रूपमा मान्यता प्राप्त यो मापदण्ड पूरा गरेसँगै इसेवाले आफ्ना डिजिटल भुक्तानी प्रणालीको सुरक्षा थप बलियो बनाएको जनाएको छ।

    पीसीआई डिएसएसअन्तर्गत सुरक्षित सञ्जाल तथा प्रणाली, डाटा सुरक्षा, पहुँच नियन्त्रण, जोखिम व्यवस्थापन, नियमित सुरक्षा परीक्षण र निगरानीलगायतका मापदण्ड पूरा गर्नुपर्ने हुन्छ।

    इसेवाका प्रमुख प्रविधि अधिकृत विपिन खनालले प्रमाणीकरणले प्रयोगकर्ताको वित्तीय तथा व्यक्तिगत डाटा सुरक्षाप्रतिको कम्पनीको प्रतिबद्धता थप बलियो भएको बताउनुभयो।

    इसेवाले प्रणालीको नियमित निगरानी, जोखिम पहिचान, सुरक्षा परीक्षण र पहुँच नियन्त्रणलाई निरन्तर सुदृढ गर्दै आएको जनाएको छ। कम्पनी यसअघि नै सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड ‘आइएसओ/आइसी २७००१ः२०२२’ प्रमाणित संस्था हो।

    कम्पनीले आगामी दिनमा पनि अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डअनुसार प्रणाली र सुरक्षा अभ्यासलाई निरन्तर स्तरोन्नति गर्ने जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images