काठमाडौं– बिहीबार नेप्से ७.१७ अंकले बढेर २६२९ अंकमा पुगेको छ ।
अघिल्लो दिनको तुलनामा कारोबार रकम ३ अर्ब २९ करोडबाट बढेर ४ अर्ब ४० करोड पुगेको छ ।
१३२ कम्पनीको मूल्य बढ्दा १३२ को घटेको छ भने १३ को स्थिर रह्यो ।
हाइड्रोपावर समूहको मात्रै २ अर्ब २७ करोडको कारोबार भएको छ, जुन कुल कारोबारको ५१.५९ प्रतिशत हो ।
बैंकिङ, उत्पादन लगायत केही समूहको मूल्य बढेको छ भने विकास बैंक, फाइनान्स, व्यापार लगायतको घटेको छ ।
हालै सूचीकृत सर्वोत्तम पेन्ट्स र माउन्ट एभरेस्ट पावरको मूल्य १५ प्रतिशत बढ्यो भने खानीखोला हाइड्रोपावर, सप्तकोशी विकास बैंक लगायतको मूल्य घट्यो ।
रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर लगायत अगाडि रहे ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















