images
images
  • मदन भण्डारी राजमार्गका प्रभावित घरधनीलाई १० करोड ३६ लाख क्षतिपूर्ति

    काठमाडौं–  मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीको रिडी–भेँडुवा र रिडी–खर्ज्याङ सडकखण्ड विस्तारका क्रममा प्रभावित घरधनीले क्षतिपूर्तिबापत १० करोड ३६ लाख ७१ हजार ४५९ रुपैयाँ प्राप्त गरेका छन्।

    मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीले सडक विस्तारका क्रममा प्रभावित भएका घरधनीलाई उक्त रकम उपलब्ध गराएको हो। मुआब्जा तथा क्षतिपूर्ति निर्धारण समितिको मूल्याङ्कनका आधारमा सम्बन्धित घरधनीको बैंक खातामा रकम जम्मा गरिएको कार्यालयका इन्जिनियर एवं सूचना अधिकारी प्रभात तिवारीले जानकारी दिनुभयो।

    कार्यालयका अनुसार रिडी–भेँडुवा सडकखण्डका १३८ जना घरधनीलाई क्षतिपूर्ति प्रदान गरिएको छ। त्यस्तै, रिडी–खर्ज्याङ सडकखण्डका ४६ जना घरधनीले पनि क्षतिपूर्ति पाएका छन्।

    सडक विस्तारका क्रममा निजी जग्गा तथा घरटहरा प्रभावित भएपछि मूल्याङ्कनका आधारमा क्षतिपूर्ति वितरण गरिएको कार्यालयले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images