images
images
  • रुप ज्योतिको कम्पनीको ५७ करोड ५७ लाखको धितो लिलाम गर्दै राष्ट्रिय वाणिज्य बैंक

    काठमाडौं– राष्ट्रिय वाणिज्य बैंकले कर्जा चुक्ता नगरेको भन्दै उद्योगी डा. रुप ज्योतिको स्वामित्वमा रहेको एनजिएम इन्जिनियरिङ एन्ड सेल्स प्रालिको धितो सम्पत्ति लिलाम बिक्री गर्ने भएको छ।

    बैंकले कम्पनीले विभिन्न शाखाबाट लिएको कर्जा चुक्ता नगरेपछि धितोमा रहेको सम्पत्ति बिक्रीका लागि सिलबन्दी बोलपत्र आह्वान गरेको हो। बैंकले ऋणी तथा जमानीकर्तालाई ३५ दिनभित्र बैंकमा सम्पर्क गरी सम्पूर्ण साँवा, ब्याज तथा अन्य दस्तुर चुक्ता गर्नसमेत सूचना जारी गरेको छ।

    एनजिएम इन्जिनियरिङ एन्ड सेल्स प्रालिले बैंकबाट चालू पुँजी कर्जा, पुल अन्तर कर्जा १ र पुल अन्तर कर्जा ३ शीर्षकमा कर्जा लिएको थियो। कम्पनीका संस्थापक सेयरधनीमा डा. रुप ज्योति, अभिक ज्योति, सुरुचि ज्योति र उपष्ठान एन्ड कम्पनी प्रालि रहेका छन्।

    बैंकले लिलाम गर्न लागेको धितो सम्पत्ति डा. रुप ज्योतिको नाममा दर्ता रहेको छ। पर्साको मालपोत कार्यालय वीरगञ्जमा दर्ता श्रेस्ता कायम रहेको चोर्नी–२ स्थित कित्ता नम्बर १३ र १५ का क्रमशः ३३ हजार १७५ वर्गमिटर र २८ हजार ९५ वर्गमिटर क्षेत्रफलका जग्गा लिलाम गर्न लागिएको हो।

    उक्त धितो सम्पत्तिको न्यूनतम मूल्य ५७ करोड ५७ लाख २१ हजार रुपैयाँ निर्धारण गरिएको बैंकले जनाएको छ।

    कर्जा सुरक्षणका लागि व्यक्तिगत तथा संस्थागत जमानीकर्ताका रूपमा डा। रुप ज्योति, अभिक ज्योति, सुरुचि ज्योति र उपष्ठान एन्ड कम्पनी प्रालि रहेका छन्।

    बैंकका अनुसार ३५ दिनभित्र कर्जा चुक्ता नभएमा धितो सम्पत्ति सकार गर्न इच्छुक व्यक्ति वा संस्थाले सूचना प्रकाशित भएको ३६औँ दिनदेखि ५०औँ दिनभित्र सम्बन्धित शाखा कार्यालयमा कार्यालय समयभित्र सिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ।uddami 1787207994

    प्रतिक्रिया दिनुहोस्
    images
    images