images
images
  • मनसुनी वायु निकै सक्रिय : यी प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

    हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।

    हाल देशभर साधारणतया बादल लागेको छ ।

    कर्णाली प्रदेशका थोरै स्थानमा, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    त्यस्तै दिउँसो देशभर साधारणतया बादल लाग्नेछ ।

    देशका हिमाली र पहाडी भू–भागका केही स्थानमा मेघगर्जनरचट्याङ्गसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

    बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थान तथा मधेश प्रदेश साथै कोशी प्रदेशको तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।

    बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू–भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

    कोशी प्रदेशको तराई र मधेश प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ ।

    देशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल तथा तराई भू–भागमा आंशिक बादल लाग्नेछ ।

    कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ ।

    देशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।

    कोशी प्रदेशका तराई भू–भागका केही स्थान तथा मधेश प्रदेश साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।

    कोशी प्रदेशको पहाडी र हिमाली भू–भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images