काठमाडौं – भिमाद नगरपालिकामा आयोजित नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड तथा दशौँ मेयर कप प्रतियोगिताको उपाधि जनज्योति माध्यमिक विद्यालयले जितेको छ । शनिबार सम्पन्न प्रतियोगितामा जनज्योति माविले १३ स्वर्ण, एक रजत र एक कास्य गरी कुल १५ पदक जित्दै पहिलो स्थान हासिल गरेको हो । पदक तालिकामा बालशैक्षणिक माध्यमिक विद्यालय दोस्रो भएको छ । उक्त विद्यालयले दुई स्वर्ण, नौ रजत र तीन कास्य गरी १४ पदक प्राप्त गरेको छ ।
भिमाद नगरपालिकाका खेलकुद तथा शिक्षा शाखा प्रमुख सन्दीप पौडेलका अनुसार प्रतियोगितामा नगरपालिकाभित्रका विभिन्न विद्यालयका विद्यार्थीले विभिन्न खेल विधामा प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगितामा अरुणोदय माध्यमिक विद्यालयले तीन स्वर्ण, दुई रजत र दुई कास्य गरी सात पदक जितेको छ । धर्म माध्यमिक विद्यालयले दुई स्वर्ण, एक रजत र तीन कास्य गरी छ पदक प्राप्त गरेको छ । त्यस्तै, माउन्ट अन्नपूर्ण बोर्डिङ स्कुलले दुई स्वर्ण, तीन रजत र पाँच कास्य तथा मङ्गलोदय माध्यमिक विद्यालयले तीन स्वर्ण, एक रजत र छ कास्य गरी समान १० पदक जितेका छन् ।
शङ्कर माध्यमिक विद्यालयले दुई स्वर्ण र एक कास्य गरी तीन पदक प्राप्त गर्दा अमर भूपू सैनिक बोर्डिङ स्कुलले तीन स्वर्ण र एक रजतसहित चार पदक जितेको छ । सिद्धार्थ माध्यमिक विद्यालयले एक स्वर्ण, एक रजत र दुई कास्य गरी चार तथा हिमालय माध्यमिक विद्यालयले एक स्वर्ण, एक रजत र तीन कास्य गरी पाँच पदक प्राप्त गरेका छन् ।
भिम मेमोरियल बोर्डिङ स्कुलले चार रजत र एक कास्य गरी पाँच पदक जितेको छ । रघु माध्यमिक विद्यालयले तीन कास्य, पार्वती माध्यमिक विद्यालयले एक कास्य, दीपक माध्यमिक विद्यालयले तीन रजत, पाटन बोर्डिङ स्कुलले एक कास्य तथा बुचाखानी माध्यमिक विद्यालयले एक रजत र एक कास्य पदक प्राप्त गरेका छन् ।
प्रतियोगितामा विद्यार्थीले विभिन्न खेल विधामार्फत आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए । नगरस्तरीय प्रतियोगिताले विद्यार्थीमा खेलकुदप्रतिको रुचि बढाउनुका साथै विद्यालयबीच स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न सहयोग पुग्ने भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदीले बताए ।
उनका अनुसार विद्यालय तहबाटै खेलाडी उत्पादन गर्ने र विद्यार्थीको शारीरिक तथा मानसिक विकासमा खेलकुदको भूमिका बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।






















