काठमाडौं – पेरिस, वामपन्थी फ्रान्सेली नेता जियान लक मेलेनचोनलाई हेर्ने दृष्टिकोण फरक हुन सक्छ । उनका दक्षिण पन्थी विरोधीले रेडिकलका रूपमा व्याख्या गरेका छन् । सडकमा उत्रेका धेरै विद्यार्थीले भने उनलाई आदर्श मान्ने थालेका छन् । आउँदो वर्ष हुने राष्ट्रपतीय निर्वाचनमा अति दक्षिणपन्थी नेता मारिन ले पेनसँग प्रतिस्पर्धा यी नै वामपन्थीको हुने अपेक्षा गरिएको छ । उत्तरी पेरिसको राजधानी ली बोरगेटमा आइतबार हुने प्रदर्शनमा यिनको प्रस्तुति हुन्छ । यो कार्यक्रम एक किसिमको उनको घोषणापत्र सार्वजनिक पनि हुने छ । उनले फ्रान्सका लागि धेरै योजना बनाएका छन् ।
६० वर्षमा अवकाश र न्यूनतम ज्यालादार मासिक १७०० युरोको प्रस्ताव गरेका छन् । नाटोबाट फ्रान्सलाई बाहिर निकाल्ने योजना भएका उनले फ्रान्सको आर्थिक उत्थानको योजना बनाएका छन् । ब्याजबिनाको ऋण लिएर फ्रान्सको अर्थतन्त्र उकास्ने उनको योजना छ । उनको युरोपेली युनियनमा रहने बताए । परन्तु राष्ट्रिय सामाजिक, आर्थिक र वातावरणीय कार्यक्रमसँग बाझिने गरी कुनै कुरा मान्न बाध्य नहुने उनले बताएका छन् ।
अनिश्चित भविष्य, इन्धनका मूल्य वृद्धि र अन्य जीवन यापनका विषयलाई लिएर फ्रान्समा धेरै नै असन्तुष्टि छ । यसै असन्तुष्टि लिएर सेप्टेम्बर महिनाको मध्य देखि फ्रान्समा विद्रोहको आगो दन्किएको छ । यसरी विद्रोहमा उठेको एउटा आवाजको सम्बोधन मेलेनचोनले नै गरे । यस कारण उनी अहिले युरोपेली राजनीतिमा चर्चाको पात्र बनेका छन् । ग्लोबल पोलिटिक्स रिसर्चमा सिनियर फेलो ज्याक्स रेलान्ड अहिले प्रदर्शनकारीको आवाज बनेर उनी उदाएको प्रतिक्रिया दिएका छन् ।
फ्रान्समा अहिलेको अवस्था सहज छैन । कोरोना महामारी , रुस र युक्रेन युद्ध र अमेरिकाले इरान माथि गरेको आक्रमणका धेरै देशका अर्थतन्त्रको सन्तुलन बिग्रिएका छन् । यसले संसारको प्राय देशमा असर गरेको छ । फ्रान्स पनि अछुतो रहेन ।
फ्रान्समा अहिले वैदेशिक ऋण बढेको छ । समस्या थपिएको छ । यस बिचमा आकाङ्क्षा पनि धेरै छ । आन्दोलनमा सरिक हुनेहरूको माग पनि धेरै छ । सामाजिक सुरक्षाको विषय धेरै उठेको छ । यस अर्थमा यी सबै विषयमा उनले गर्ने सम्बोधन महत्त्वपूर्ण हो । उनले अक्टोबर महिनामा धेरै धनीहरूका लागि बढी कर लगाउने नीति सार्वजनिक गरी सकेका छन् ।
उनले हमासलाई आतङ्कवादी सूचिमा राख्न चाहँदैनन् । उनले इजरायलले गाजामा नरसंहार गरेको ठहर गरेका छन् ।
गएको दुई निर्वाचनमा एमानुएल म्याक्रोनसँग पराजित अति दक्षिणपन्थी उम्मेदवार मारिन ला पेन पछिल्लो सर्वेक्षण अनुसार धेरै अघि छिन् । यसको मतलब यो होइन मेलेनचोनको उदयले अबको फ्रान्सको राजनीतिलाई असर गर्दैन । मेलेनचोनको आलोचक वामपन्थी सोच राख्नेहरूमै छ । धेरैले उनी तानासाह शैलीको भएको र दलीय राजनीतिका लागि लायक नभएको दाबी गरेका छन् । यसरी दाबी गर्नेमा लामो समय उनको निकट रहेका क्लेमेन्टाइन आउटाइन पनि हुन् ।






















