images
images
  • शेरबहादुर देउवाले भने– गगनले १८ करोडमा पार्टी किनेको प्रष्ट भयो

    काठमाडौं– नेपाली काँग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले गगन थापाले १८ करोड दिएर पार्टी किनेको आरोप लगाएका छन् ।

    देउवा समुहको काठमाडौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले इनम सापकोटाको बयानबाट स्पष्ट भएको भन्दै कथित विशेष महाधिवेशनमार्फत १८ करोडमा पार्टी किनेको आरोप लगाएका हुन् ।

    उनले भने, ‘यसबाट प्रस्ट भयो । इनम सापकोटाले १८ करोड भनेका छन्, त्यो सानो रकम हो ? त्यो पैसा दिएर पार्टी किनिदिए, अब के हामीले पैसामा पार्टी बेच्ने हो ?’

    उनले विशेष महाधिवेशनमा आफ्नो समर्थन नरहेको र आफूलाई बर्खास्त नगरी कसरी अर्को सभापति बन्न सक्छ भन्ने प्रश्न गरेका थिए । देउवाले सर्वोच्चबाट आफूहरूले नै आधिकारिकता पाउने दाबी दोहोर्‍याएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images