images
images
  • परराष्ट्रमन्त्री खनाल आज टर्की जाँदै

    काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज टर्की जाँदैछन् ।

    टर्कीको अन्ताल्यामा नोभेम्बर ९ देखि २० सम्म आयोजना हुने सम्मेलनको उद्घाटन सत्रलाई मन्त्री खनालले नोभेम्बर ९ मा सम्बोधन गर्नेछन् । त्यस्तै, नोभेम्बर ११ र १२ मा आयोजना हुने राष्ट्र तथा सरकार प्रमुखहरूको शिखर सम्मेलनमा समेत उनी सहभागी हुनेछन् ।

    मन्त्री खनालले नेपाल, ताजिकिस्तान, किर्गिस्तान, भुटान र पाकिस्तानको संयुक्त आयोजनामा हुने ‘पर्वतीय कार्यसूचीको प्रवर्द्धन : हिमनदी, हिमक्षेत्र र जलवायु उत्थानशीलता’ विषयक उच्चस्तरीय कार्यक्रममा पनि सहभागिता जनाउनेछन् ।

    नेपाली प्रतिनिधिमण्डलमा कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरी, राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा. सञ्जय आचार्य, कृषि, वन तथा वातावरण मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रलगायत सरकारी अधिकारी सहभागी हुनेछन् ।

    परराष्ट्रमन्त्री खनाल नोभेम्बर १४ मा स्वदेश फर्कने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images