images
images
  • मुक्तिनाथ विकास बैंकले ल्यायो चाडपर्व लक्षित कृषि तथा एसएमई कर्जा योजना

    काठमाडौं– मुक्तिनाथ विकास बैंक लिमिटेडले तीज, दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै कृषि तथा साना तथा मझौला व्यवसायीका लागि विशेष कर्जा योजना सार्वजनिक गरेको छ।

    चाडपर्वको समयमा आर्थिक गतिविधि तथा व्यवसाय विस्तारलाई प्रोत्साहन गर्ने उद्देश्यले बैंकले कृषि तथा एसएमई कर्जामा विशेष सुविधा ल्याएको जनाएको छ।

    बैंकका अनुसार कृषि, व्यवसाय तथा एसएमई क्षेत्रमा प्रवाह हुने विभिन्न कर्जामा आधार दरमा अधिकतम शून्य दशमलव ५० प्रतिशतसम्म मात्र थप गरी कर्जा उपलब्ध गराइनेछ। साथै, कर्जा प्रवाह गर्दा लाग्ने कर्जा प्रशासनिक शुल्कमा २५ प्रतिशत छुटसमेत प्रदान गरिने बैंकले जनाएको छ।

    विशेष कर्जा योजनाबाट कृषि तथा एसएमई व्यवसाय विस्तार, नयाँ उद्यम सञ्चालन, कार्यशील पुँजी तथा सम्बन्धित प्रयोजनका लागि आवश्यक कर्जा लिन चाहने ग्राहकले लाभ लिन सक्नेछन्।

    त्यस्तै, अन्य बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा स्थानान्तरण गर्नसमेत यो सुविधा उपलब्ध हुने बैंकले जनाएको छ।

    बैंकका अनुसार यो विशेष कर्जा सुविधा सीमित अवधिका लागि मात्रै लागू हुनेछ। ग्राहकले देशभर रहेका बैंकका १७७ वटै शाखाबाट यो सुविधा लिन सक्नेछन्।

    चाडपर्वको समयमा व्यवसायीको वित्तीय आवश्यकता पूरा गर्न तथा कृषि र साना तथा मझौला व्यवसायको विस्तारमा सहयोग पुर्‍याउने उद्देश्यले योजना ल्याइएको बैंकले जनाएको छ।

    ग्राहकले आफूलाई नजिक पर्ने शाखामा सम्पर्क गरी सम्बन्धित कर्जा, लाग्ने ब्याजदर, आवश्यक कागजात तथा अन्य शर्तबारे विस्तृत जानकारी लिन सक्ने बैंकले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images