काठमाडौं– स्थानीय बजारमा आज सुन–चाँदीको मूल्य बढेको छ ।
सुनको मूल्य प्रतितोला नौ हजार ३०० र चाँदीको मूल्य २६० ले बढेको हो ।
नेपाल सुन–चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु तीन लाख १३ हजार ४०० कायम भएको छ ।
असली चाँदीको मूल्य प्रतितोला चार हजार ८५५ निर्धारण भएको छ ।
हिजो छापावाल सुन प्रतितोला तीन लाख चार हजार १०० र असली चाँदी प्रतितोला चार हजार ५९५ मा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५१२ र चाँदी ६७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















