images
images
  • पूर्वप्रमसँग नसकेपछि उनीहरूका स्वकीयको सम्पत्तिमाथि सरकारको गिद्धे नजर

    काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहालका स्वकीय सचिवहरू राजेश बज्राचार्य, भानु देउवा र गंगा दाहालमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा छानबिन थालेको छ ।

    आयोगले राष्ट्र बैंक, मालपोत कार्यालयसहित २० भन्दा बढी निकायबाट उनीहरूको बैंकिङ कारोबार, सेयर, घरजग्गा, सवारीसाधन र पारिवारिक सम्पत्तिको विवरण मागेको छ ।

    केही अस्वाभाविक कारोबार देखिएपछि तीनै जनाको बयान लिने तयारी गरिएको छ ।

    यसअघि सम्पत्ति शुद्धीकरण विभागले प्रारम्भिक अध्ययनपछि यी मुद्दा अख्तियारमा पठाएको थियो ।

    छानबिनका क्रममा बज्राचार्यको नाम नक्कली भुटानी शरणार्थी प्रकरणमा पनि जोडिएको छ भने गंगा दाहालको घरबाट भेटिएको नगद र सुनको पनि अनुसन्धान भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images