images
images
  • नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

    काठमाडौं– सरकारले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावललाई नियुक्त गरेको छ ।

    हिजो बुधबार बसेको मन्त्रिपरिषद् बैठकले रावललाई डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो ।

    नेपाल राष्ट्र बैंकमा २०८२ फागुन २५ देखि दुई डेपुटी गभर्नर पद रिक्त थियो । सरकारले गत चैत २४ मा किरण पण्डितलाई डेपुटी गभर्नर नियुक्त गरेको थियो भने अर्को पद खाली राखेको थियो ।

    राष्ट्र बैंक ऐनमा गभर्नरको सिफारिसमा मन्त्रिपरिषद्ले डेपुटी गभर्नर नियुक्त गर्ने व्यवस्था छ ।

    दीर्घबहादुर रावल हाल नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा बैंक सुपरिवेक्षण विभागका प्रमुखका रूपमा कार्यरत थिए ।

    रावलले सन् २०१९ देखि २०२४ सम्म नेपालको वित्तीय जानकारी इकाई (एफआईयू) को प्रमुखका रूपमा काम गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images