काठमाडौं– एनसेलले आजदेखि १९८ गन्तव्य मुलुकमा अन्तर्राष्ट्रिय बहिर्गमन कलको नयाँ पल्स दर लागू गरेको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणको साउन २२ गतेको स्वीकृतिअनुसार एनसेलले ६० सेकेन्डको नयाँ पल्स दर लागू गरेको हो । दूरसञ्चार ऐन, २०५३ को दफा ४२ अनुसार प्राधिकरणले एनसेलको नयाँ पल्स दरलाई स्वीकृति दिएको हो ।
नयाँ पल्स दरअनुसार अस्ट्रेलिया, बहराइन, क्यानडा, अमेरिका, चीन, फिनल्यान्ड, डेनमार्क, फ्रान्स, जर्मनी, भारत, हङकङ, इटाली, जापान, दक्षिण कोरिया, लेबनान, मलेसिया, न्युजिल्यान्ड, नर्वे, पाकिस्तान, पोल्यान्ड, कतार, रुस, रोमानिया, साउदी अरेबिया, सिङ्गापुर, दक्षिण अफ्रिका, स्पेन, स्विडेन, स्विट्जरल्यान्ड, ताइवान, थाइल्यान्ड, टर्की, संयुक्त अरब इमिरेट्स, संयुक्त अधिराज्य, मेक्सिको र लिबियालगायतका मुलुकमा कल गर्न नयाँ पल्स दर लागू हुनेछ ।
कम्पनीका अनुसार नयाँ पल्स दर लागू भएका सबै मुलुकको पूर्ण सूची तथा अन्तर्राष्ट्रिय कल र एसएमएसको शुल्क एनसेलको वेबसाइटमा रहेको ‘अन्तर्राष्ट्रिय कल तथा एसएमएस शुल्क’ खण्डमा हेर्न सकिनेछ ।
एनसेलले प्राधिकरणको स्वीकृतिअनुसार नयाँ दर कार्यान्वयनमा ल्याइएको जनाएको छ ।


विश्व खबर 




















