images
images
  • गरिमा विकास बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा सर्‍यो

    काठमाडौं–  गरिमा विकास बैंक लिमिटेडले आफ्नो केन्द्रीय कार्यालय स्थानान्तरण गरेको छ। बैंकले काठमाडौं महानगरपालिका–२ लाजिम्पाटमा रहेको केन्द्रीय कार्यालयलाई काठमाडौं महानगरपालिका–३ बालुवाटारमा सारेको हो।

    बैंकको २०८२ कात्तिक २७ गते सम्पन्न १९औँ वार्षिक साधारण सभाबाट भएको निर्णयअनुसार केन्द्रीय कार्यालय स्थानान्तरण गरिएको बैंकले जनाएको छ।

    बुधबारदेखि लागू हुने गरी बैंकको केन्द्रीय कार्यालय बालुवाटारस्थित बैंककै स्वामित्वमा रहेको नयाँ भवनमा सञ्चालनमा आएको हो।

    कार्यालय स्थानान्तरण भए पनि ग्राहकलाई प्रदान गर्दै आएका बैंकिङ सेवा तथा सुविधामा कुनै परिवर्तन नहुने बैंकले स्पष्ट पारेको छ।

    नयाँ भवनबाट केन्द्रीय कार्यालयका नियमित प्रशासनिक तथा बैंकिङ गतिविधि सञ्चालन हुने बैंकले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images