काठमाडौं— नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ। मंगलबार स्थिर रहेको सुनको भाउ बुधबार प्रतितोला २ हजार ७ सय रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला ३ लाख ४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुन प्रतितोला ३ लाख ६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि बुधबार घटेको छ। मंगलबार प्रतितोला ४ हजार ७ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ४ हजार ५ सय ९५ रुपैयाँमा झरेको छ। चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १ सय ६० रुपैयाँ घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस ४ हजार ३ सय ३८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
यससँगै नेपाली बजारमा सुनको मूल्यमा एकैदिन उल्लेख्य गिरावट आएको छ। दशैंतिहार तथा विवाहको मौसम नजिकिँदै जाँदा सुनको मूल्य घटेसँगै उपभोक्तालाई केही राहत पुग्ने देखिएको छ।


विश्व खबर 




















