images
images
  • नेप्से परिसूचक १९ अंकले घट्यो, कारोबार रकम ५ अर्ब नाघ्यो

    काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज १९ दशमलव ३४ अंकले घटेको छ। बजारमा बिक्री चाप बढेसँगै नेप्से परिसूचक दोहोरो अंकले घटेर २ हजार ६२२ दशमलव ४८ अंकमा झरेको हो ।

    नेपाल स्टक एक्सचेञ्जका अनुसार ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलव ५५ अंकले घटेर ४६१ दशमलव ०९ अंकमा पुगेको छ। फ्लोट परिसूचक १ दशमलव ३० अंकले घटेर १७९ दशमलव ९७ अंकमा पुगेको छ भने सेन्सेटिभ फ्लोट परिसूचक ० दशमलव ८८ अंकले घटेर १५५ दशमलव ७६ अंकमा कायम भएको छ ।

    आज कुल १ करोड ५१ लाख ९६ हजार ९८२ कित्ता सेयर किनबेच भएको छ। उक्त सेयर ५ अर्ब ७ करोड ३५ लाख १८ हजार ६६२ रुपैयाँमा कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

    कारोबार भएका १३ उपसमूहमध्ये एउटा उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ ।

    आज ५६ कम्पनीको सेयर मूल्य बढेको छ भने २१८ कम्पनीको सेयर मूल्य घटेको छ। पाँच कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

    सर्वोत्तम पेन्ट्सका लगानीकर्ता नाफामा

    आज सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज, माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट कम्पनी र मनकामना इन्जिनियरिङ हाइड्रोपावर कम्पनीका लगानीकर्ताले तुलनात्मक रूपमा कमाएका छन् ।

    त्यस्तै, सगरमाथा जलविद्युत् कम्पनी, खानीखोला हाइड्रोपावर र सिद्धार्थ इक्विटी फण्डका लगानीकर्ताले आज गुमाएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images