images
images
  • सिद्धार्थ क्यापिटलले दुई योजनाका इकाईधनीलाई लाभांश दिने

    काठमाडौं– सिद्धार्थ क्यापिटल लिमिटेडले आफ्नो व्यवस्थापनमा सञ्चालित सिद्धार्थ म्युचुअल फण्डअन्तर्गतका दुई बन्दमुखी योजनाका इकाईधनीलाई आर्थिक वर्ष २०८०र८१ को प्रतिफल वितरण गर्ने भएको छ । क्यापिटलको भदौ १ गते बसेको सञ्चालक समितिको २०३औँ बैठकले लेखापरीक्षण कार्य सम्पन्न भएपछि दुई योजनाका इकाईधनीलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

    निर्णयअनुसार सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ का इकाईधनीलाई ८ प्रतिशतका दरले कुल ९ करोड ६० लाख रुपैयाँ प्रतिफल वितरण गरिनेछ। उक्त प्रतिफलमा करसमेत समावेश छ । त्यस्तै, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ का इकाईधनीलाई १० प्रतिशतका दरले कुल ८ करोड ५ लाख ८० हजार रुपैयाँ प्रतिफल वितरण गरिने क्यापिटलले जनाएको छ। यसमा पनि करसमेत समावेश गरिएको छ ।

    यसैगरी, सिद्धार्थ म्युचुअल फण्डअन्तर्गत सञ्चालित सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इक्विटी फण्ड–२ का इकाईधनीलाई भने यस वर्ष कुनै लाभांश वितरण नगर्ने निर्णय भएको छ । लाभांश वितरणका लागि आवश्यक इकाईधनी कायम गर्ने मिति अर्थात् धितोपत्र दर्ता बन्द हुने मिति पछि सार्वजनिक गरिने क्यापिटलले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images