images
images
  • महालक्ष्मी विकास बैंकका ग्राहकलाई होटल, रेस्टुरेन्ट र स्वास्थ्य सेवामा २० प्रतिशतसम्म छुट

    काठमाडौं– महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई विभिन्न सेवा तथा सुविधामा छुट उपलब्ध गराउन स्वास्थ्य, होटल, रेस्टुरेन्ट तथा अन्य संस्थासँग सम्झौता गरेको छ।

    सम्झौतापछि बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले साझेदार संस्थाका विभिन्न सेवामा विशेष छुट पाउने भएका छन्।

    बैंकका अनुसार मनकामना हिलक्रेस्ट होटल, कुरिनटारमा आवास तथा रेस्टुरेन्ट सेवामा १२.५ प्रतिशतसम्म छुट उपलब्ध हुनेछ। यस्तै, ठमेलस्थित एलोफ्ट काठमाडौंमा खाना तथा पेय पदार्थमा १५ प्रतिशतसम्म छुट पाइनेछ।

    लाजिम्पाटस्थित एल्लो हात्तीमा उपहार सामग्री खरिदमा १० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ । स्वास्थ्य सेवातर्फ बुद्धनगरस्थित अल्फा केयर डायग्नोस्टिक सेन्टरमा स्वास्थ्य परीक्षण तथा प्रयोगशाला सेवामा २० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ। त्यस्तै, कलंकीस्थित दृष्टि आई केयरमा नाक, कान, घाँटी तथा आँखा उपचार र प्रयोगशाला सेवामा २० प्रतिशतसम्म छुट पाइनेछ।

    दरबारमार्गस्थित ओरियन्ट क्याफेमा खाना तथा पेय पदार्थमा १५ प्रतिशतसम्म र मकवानपुरको हेटौंडास्थित होटल स्मारकमा आवास तथा खाना–पेय पदार्थमा १५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ।

    बैंकले यस्तो सहकार्यबाट आफ्ना डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ता ग्राहक प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास व्यक्त गरेको छ।

    ३२ वर्षदेखि वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले पछिल्लो समय डिजिटल तथा ग्राहककेन्द्रित सेवामा समेत जोड दिँदै आएको जनाएको छ। बैंकले हालै काठमाडौंको ज्ञानेश्वरमा कफी लाउञ्जसहितको डिजिटल हबसमेत सञ्चालनमा ल्याएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images