काठमाडौं– महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई थप सुविधा उपलब्ध गराउने उद्देश्यले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका विभिन्न संस्थासँग सहकार्यका लागि सम्झौता गरेको छ । नेपाली जनताको घरदैलोमा विगत ३२ वर्षदेखि वित्तीय सेवा प्रदान गर्दै आएको बैंकले ग्राहकलाई दैनिक जीवनसँग सम्बन्धित विभिन्न सेवामा सहुलियत उपलब्ध गराउने उद्देश्यले सम्बन्धित संस्थासँग सम्झौता गरेको जनाएको छ ।
सम्झौतापछि बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोग गर्ने ग्राहकले सम्झौता भएका संस्थाका विभिन्न सेवा तथा सुविधामा विशेष छुट प्राप्त गर्न सक्नेछन् । बैंकका अनुसार स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थासँग गरिएको सहकार्यले ग्राहकलाई गुणस्तरीय सेवा तुलनात्मक रूपमा सहुलियत दरमा प्राप्त गर्न सहज हुनेछ ।
बैंकले यस्तो सहकार्यबाट आफ्ना डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ता प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास व्यक्त गरेको छ । महालक्ष्मी विकास बैंकले ग्राहकको बदलिँदो आवश्यकता र जीवनशैलीअनुसार वित्तीय सेवासँगै गैरवित्तीय सुविधासमेत विस्तार गर्दै जाने जनाएको छ ।
यसै क्रममा बैंकले हालै काठमाडौंको ज्ञानेश्वरमा कफी लाउञ्जसहितको डिजिटल केन्द्र सञ्चालनमा ल्याएको छ। बैंकले प्रविधिमैत्री तथा सहज बैंकिङ सेवामार्फत ग्राहकको अनुभवलाई थप प्रभावकारी बनाउने उद्देश्यले डिजिटल केन्द्र सञ्चालनमा ल्याएको जनाएको छ । बैंकले आगामी दिनमा पनि विभिन्न क्षेत्रका प्रतिष्ठित संस्थासँग सहकार्य विस्तार गर्दै ग्राहकलाई थप सुविधा र सहुलियत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।


विश्व खबर 




















