images
images
  • चेरी वान्डाका विद्युतीय गाडीमा ग्राहकको आकर्षण, एक्स्पोमा सयौँ बुकिङ

    काठमाडौं–  काठमाडौँको भृकुटीमण्डपमा सम्पन्न नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा चेरी वान्डाका विद्युतीय व्यावसायिक सवारीप्रति ग्राहकको उल्लेख्य आकर्षण देखिएको छ। एक्स्पो अवधिभर चेरी वान्डाका विभिन्न मोडलमा ग्राहकको उत्साहजनक सहभागिता देखिनुका साथै सयौँको संख्यामा बुकिङ भएको कम्पनीले जनाएको छ ।

    ‘मेहेनती हातको विश्वासिलो साथ’ नारासहित एक्स्पोमा सहभागी चेरी वान्डाले ग्राहकका लागि बिना धितो किस्ताबन्दी सुविधा समेत उपलब्ध गराएको थियो। यस सुविधाले विशेषगरी व्यावसायिक प्रयोजनका लागि विद्युतीय सवारी खरिद गर्न चाहने ग्राहकलाई सहज बनाएको कम्पनीको भनाइ छ ।

    चेरी वान्डाका विद्युतीय सवारी मन्टेश्वरी, विद्यालय तथा विभिन्न व्यावसायिक प्रयोजनका लागि उपयोगी रहेको कम्पनीले जनाएको छ। एक्स्पोमा विशेषगरी मन्टेश्वरी तथा विद्यालय सञ्चालकहरूले ११ र १२ सिट क्षमताका गाडीप्रति रुचि देखाएका थिए ।

    त्यस्तै, होटल तथा यात्रा व्यवसायीहरूले १६ सिट क्षमताका विद्युतीय सवारीमा विशेष आकर्षण देखाएको कम्पनीले जनाएको छ । नाइमा एक्स्पोको हल ‘डी’ स्थित स्टल नम्बर १६ मा चेरी वान्डाका ११, १२, १४ र १६ सिट क्षमताका विद्युतीय व्यावसायिक सवारी प्रदर्शनमा राखिएका थिए ।

    एक्स्पोमा कुन मोडलमा कति संख्यामा बुकिङ भयो भन्ने विवरण कम्पनीले सार्वजनिक नगरे पनि समग्रमा उल्लेख्य बुकिङ हुनुका साथै ग्राहकबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भएको जनाएको छ । एक्स्पोमा चेरी वान्डाका सवारी अवलोकन, जानकारी तथा बुकिङ गर्ने सम्पूर्ण ग्राहक, व्यवसायी तथा शुभेच्छुकप्रति चेरी वान्डाको आधिकारिक बिक्रेता जगदम्बा मोटर्स प्रालिले धन्यवाद व्यक्त गरेको छ।

    जगदम्बा मोटर्सले आगामी दिनमा पनि ग्राहकको आवश्यकता र अपेक्षाअनुसार गुणस्तरीय तथा भरपर्दो विद्युतीय व्यावसायिक सवारी उपलब्ध गराउँदै जाने प्रतिबद्धता जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images