काठमाडौं– बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन् ।
दुवै मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी गरिरहँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भने तटस्थ बस्ने निर्णय गरेको छ ।
राप्रपाले आफ्ना प्रदेश सभा सदस्यलाई सरकार गठनसम्बन्धी अर्को निर्णय नभएसम्म तटस्थ रहन निर्देशन दिएको हो ।
बागमतीमा बहुमतका लागि ५३ र लुम्बिनीमा ४२ सांसदको समर्थन आवश्यक छ ।
लुम्बिनी प्रदेश सभामा हाल ८३ सदस्य कायम छन् ।
राप्रपाले विश्वासको मत नदिएको दुवै सरकारको धरापमा पर्नेछ ।
प्रतिक्रिया दिनुहोस्























