images
images
  • प्रि–ओपन सेसनमा नेप्से करिब २ अंक घट्यो

    काठमाडौं– साताको पहिलो कारोबार दिन सोमबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंक घटेको छ । अघिल्लो कारोबार दिन शुक्रबार ७.३७ अंक घटेर २ हजार ६४३.८३ विन्दुमा बन्द भएको नेप्से सोमबार प्रि–ओपन सेसनमा १.९९ अंकले घटेर २ हजार ६४१.८३ विन्दुमा झरेको हो ।

    सो सेसनमा संवेदनशील परिसूचक पनि ०.०९ अंकले घटेको छ । सोमबार प्रि–ओपन सेसनमा ७६ वटा कम्पनीको शेयर कारोबार भएको छ । ती कम्पनीका शेयर १८४ पटक कारोबार हुँदा १ करोड २० लाख ५३ हजार ४५३ रुपैयाँ ६० पैसा बराबरको २७ हजार ४४२ कित्ता शेयर खरिदबिक्री भएको छ ।

    कारोबार भएका कम्पनीमध्ये २१ वटाको शेयर मूल्य बढेको छ भने ४६ वटा कम्पनीको शेयर मूल्य घटेको छ । बाँकी ९ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । प्रि–ओपन सेसनमा देखिएको गिरावटसँगै साताको पहिलो कारोबार दिनको नियमित कारोबार पनि दबाबमा सुरु हुने संकेत देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images