images
images
  • कुलमानले छाडेको केही वर्षमै विद्युत् प्राधिकरण पूरै घाटामा, उर्जामन्त्री श्रेष्ठको निर्वाचन क्षेत्र अध्यारो

    काठमाडौं– नेपाल विद्युत् प्राधिकरणको आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा ३ अर्ब ८७ करोड रुपैयाँ घटेर ५ अर्ब ४ करोडमा सीमित भएको छ ।

    अघिल्लो वर्ष प्राधिकरणले ८ अर्ब ९१ करोड रुपैयाँ नाफा कमाएको थियो ।

    प्राधिकरणका अनुसार विदेशी विनिमय दर, ब्याज तथा ह्रासकट्टी खर्च बढ्दा नाफा घटेको हो ।

    यद्यपि विद्युत् बिक्रीबाट हुने आम्दानी १८.२० प्रतिशत बढेर १ खर्ब ४८ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ ।

    कार्यसम्पादन सुधार, विद्युत् चुहावट नियन्त्रण र निर्यात वृद्धिका कारण कुल नाफा १३.१७ प्रतिशत बढेर ३१ अर्ब २३ करोड तथा सञ्चालन मुनाफा ७.२८ प्रतिशत बढेर २४ अर्ब ८१ करोड रुपैयाँ पुगेको प्राधिकरणले जनाएको छ ।

    पूर्वऊर्जामन्त्री तथा प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले नाफा संकुचनबारे गम्भीर समीक्षा र सुधार आवश्यक रहेको बताएका छन् ।

    उनले प्राधिकरणलाई कमजोर बनाउने नभई अझ सक्षम, व्यावसायिक, पारदर्शी र जनउत्तरदायी बनाउनुपर्ने बताएका छन् ।

    यसअघि कुलमा घिसिङले प्राधिकरण छोड्नुअघि नाफामा थियो ।

    रास्वपाले सरकारले प्राधिकरणमा आफ्नो कार्यकर्ता भर्ती गरेपछि घाटामा छ ।

    त्यस्तै उर्जामन्त्री विराजभक्त श्रेष्ठको निर्वाचन क्षेत्रमा दैनिक लोडसेडिङ हुने गरेको छ ।

    उनको निर्वाचन क्षेत्र काठमाडौं– ८ हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images