images
images
  • सुनको भाउ फेरि बढ्यो, तोलामा १ हजार ६ सय रुपैयाँले वृद्धि

    काठमाडौं– नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ। आइतबार तोलामा ३ हजार ६ सय रुपैयाँले बढेको सुनको भाउ सोमबार थप १ हजार ६ सय रुपैयाँले बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला ३ लाख ६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँ रहेको थियो ।

    त्यस्तै, चाँदीको मूल्य पनि सोमबार बढेको छ। आइतबार प्रतितोला ४ हजार ७ सय १० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार ४ हजार ७ सय ७० रुपैयाँ पुगेको छ । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ६० रुपैयाँले बढेको हो ।

    अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस ४ हजार ३ सय ९२ अमेरिकी डलरमा कारोबार भइरहेको छ । पछिल्ला दिनमा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा देखिएको उतारचढावको प्रभाव नेपाली बजारमा समेत परेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images