images
images
  • कुमारी बैंकको मोबाइल बैंकिङमा आईआरडी प्रोत्साहन कार्यक्रम, दैनिक १ लाख र १५ दिनमा १० लाख पुरस्कार

    काठमाडौं– कुमारी बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एपमा आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गतको सुविधा उपलब्ध गराएको छ । नेपाल सरकार तथा आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन कार्यक्रमलाई सहयोग गर्ने उद्देश्यले बैंकले मोबाइल बैंकिङ एपमा उक्त सुविधा सञ्चालनमा ल्याएको हो ।

    आर्थिक वर्ष २०८३र८४ को बजेटमार्फत सुरु गरिएको यस कार्यक्रमले उपभोक्तालाई स्थायी लेखा नम्बर तथा मूल्य अभिवृद्धि करको बिल लिन प्रोत्साहित गर्नुका साथै विद्युतीय भुक्तानी, कर अनुपालन र वित्तीय पारदर्शिता प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ ।

    यस सुविधामार्फत कुमारी बैंकका ग्राहकले नेपालभित्र व्यक्तिगत प्रयोजनका लागि १०० रुपैयाँभन्दा बढीको वस्तु वा सेवा खरिद गरी व्यापारीको क्यूआरमार्फत भुक्तानी गर्दा स्वतः पुरस्कार योजनामा सहभागी हुन सक्नेछन् ।

    ग्राहकले कुमारी स्मार्ट मोबाइल बैंकिङ एपको आईआरडी प्रोत्साहन कार्यक्रम मेनुमार्फत आफूले गरेका योग्य कारोबारको संख्या, कारोबार विवरण तथा पुरस्कार प्राप्त गरेको अवस्थासमेत हेर्न सक्ने बैंकले जनाएको छ ।

    आन्तरिक राजस्व विभागको व्यवस्थाअनुसार योग्य कारोबारमध्येबाट दैनिक भाग्यशाली छनोटमार्फत एक जना ग्राहकले कर कट्टीपछि १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। यस्तै, प्रत्येक १५ दिनमा एक जना भाग्यशाली ग्राहकले १० लाख रुपैयाँ बराबरको बम्पर पुरस्कार प्राप्त गर्नेछन् ।

    बैंकले ग्राहकलाई व्यापारीको क्यूआरमार्फत भुक्तानी गर्न, स्थायी लेखा नम्बर तथा मूल्य अभिवृद्धि करको बिल लिन र बिल सुरक्षित राख्न आग्रह गरेको छ। साथै, मोबाइल बैंकिङ एपमा उपलब्ध आईआरडी प्रोत्साहन कार्यक्रममार्फत आफ्नो योग्यताको अवस्था नियमित रूपमा जाँच गर्न पनि बैंकले आग्रह गरेको छ ।

    कुमारी बैंकले यस कार्यक्रमले विद्युतीय कारोबारको विस्तारसँगै नगदरहित अर्थतन्त्र निर्माण, कर अनुपालन वृद्धि तथा वित्तीय पारदर्शिता सुदृढ गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

    विगत २५ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले हाल देशभर २८५ शाखा, ४१ विस्तार काउन्टर, ३०२ एटीएम तथा ४० शाखारहित बैंकिङ एकाइमार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ । बैंकले सहरी, अर्धसहरी तथा ग्रामीण क्षेत्रसम्म बैंकिङ सेवा विस्तार गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images