काठमाडौं– एनएमबि क्यापिटल लिमिटेडले व्यवस्थापन गर्दै आएका तीन वटा म्युचुअल फण्डले इकाईधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेका छन् । क्यापिटलको साउन २९ गते बसेको सञ्चालक समिति बैठकले एनएमबि फिफ्टी, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ र एनएमबि हाइब्रिड फण्ड एल २ का इकाईधनीलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
निर्णयअनुसार एनएमबि फिफ्टीका इकाईधनीले ३.१५ प्रतिशत, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ का इकाईधनीले १० प्रतिशत र एनएमबि हाइब्रिड फण्ड एल २ का इकाईधनीले ४.५ प्रतिशत नगद लाभांश पाउनेछन्। घोषित लाभांश करसहित हो ।
लाभांश वितरणका लागि क्यापिटलले भदौ ८ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ। त्यसअनुसार भदौ ५ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई कायम रहेका इकाईधनीले सम्बन्धित योजनाको घोषित लाभांश प्राप्त गर्नेछन् ।
तीनमध्ये एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ ले सबैभन्दा बढी १० प्रतिशत लाभांश घोषणा गरेको छ। एनएमबि हाइब्रिड फण्ड एल २ ले ४.५ प्रतिशत र एनएमबि फिफ्टीले ३.१५ प्रतिशत लाभांश वितरण गर्ने भएका छन् ।


विश्व खबर 




















