images
images
  • सरकार–एनआरएन संयुक्त कम्पनीले ८५ प्रतिशतसम्म प्राथमिक सेयर जारी गर्न पाउने

    काठमाडौं– सरकार र गैरआवासीय नेपालीको संयुक्त लगानीमा स्थापना भएका कम्पनीले चुक्ता पुँजीको ८५ प्रतिशतसम्म प्राथमिक सेयर निष्कासन गर्न पाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ संशोधन गर्दै यस्तो व्यवस्था प्रस्ताव गरेको हो। संशोधित नियमावली स्वीकृतिका लागि अर्थ मन्त्रालय पुगेको छ ।

    प्रस्तावित व्यवस्था मन्त्रिपरिषद्बाट स्वीकृत भए गैरआवासीय नेपालीले विदेशी मुद्रामै प्राथमिक सेयरमा लगानी गर्न पाउनेछन्। यसबाट विदेशमा रहेका नेपालीको लगानी नेपाल भित्र्याउन सहज हुने अपेक्षा गरिएको छ ।

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संशोधित व्यवस्था निकट भविष्यमा स्वीकृत हुने बताएका छन्। गैरआवासीय नेपाली संघको एसिया प्रशान्त सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपाल सरकार र गैरआवासीय नेपाली लगानी कोषबाट जारी हुने सेयरको हिस्सा ८५ प्रतिशत पुर्‍याइएको जानकारी दिए । अर्थमन्त्री वाग्लेले गैरआवासीय नेपालीलाई पर्यटन, सूचना प्रविधि, हरित ऊर्जा, उच्च मूल्ययुक्त कृषि तथा आयात प्रतिस्थापन हुने क्षेत्रमा लगानी गर्न आग्रहसमेत गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images