काठमाडौं– पहिरो पन्छाएपछि मुग्लिन–काठमाडौं सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ सिमलधारामा खसेको सुक्खा पहिरो करिब आठ घण्टापछि पन्छाएसँगै आइतबार बिहान सवा ६ बजेदेखि सडक सञ्चालनमा आएको हो ।
सडकमा शनिबार राति १०ः२५ बजे रुखसहितको सुक्खा पहिरो खसेपछि दुवैतर्फको यातायात अवरुद्ध भएको थियो। पहिरो पन्छाउन पाँच वटा उपकरण परिचालन गरिएको प्रहरीले जनाएको छ ।
चितवन प्रहरीले पहिरो हटाएर सडक सञ्चालनमा ल्याइएको जनाएको छ। यद्यपि, लामो समय सडक अवरुद्ध हुँदा राजमार्गका विभिन्न स्थानमा सवारीसाधनको चाप बढेकाले जाम कायमै रहेको प्रहरीले जनाएको छ ।
सडक खुले पनि यात्रुलाई सावधानी अपनाउन तथा जामका कारण यात्रा समय थपिन सक्ने भएकाले आवश्यक तयारीसहित यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















